चार दिनमा २ लाख ५० हजारले लगाए खोप


काठमाडौं । चार दिनमा २ लाख ५० हजार भन्दा बढीले कोरोना विरुद्धको भेरोसेल खोप लगाएका छन् । गत मंगलबार देखि सरकारले भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरेको थियो । खोप सुुरु भएको पहिलो दिन १ लाख ३ हजार ३७० जनाले लगाएका थिए । त्यस्तै दोस्रो दिन ८४ हजार ९७७ जनाले खोप लगाएका थिए । तेस्रो दिन ३३ हजार ३१६ र अन्तिम दिन शुक्रबार २८ हजार ७८० जनाले खोप लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले चीनले अनुदानमा दिएका ८ लाख डोजबाट दोस्रो मात्रा सुरु गरेको थियो । हालै सरकारले चीनसँग खरिद गरेको ४० लाख मध्ये ८ लाख डोज पनि नेपाल आइपुगेको छ । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा भेरोसेल खोप लगाएर समय पुगी दोस्रो मात्रा लगाउन छुटेका र २५ गते लगाएका समेत गरी करिब ५ लाख व्यक्तिलाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने लक्ष्य थियो । त्यसका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकिएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ९ लाख ६४ हजार ५०८ जनाले दोस्रो मात्रा अर्थात पूर्ण खोप पाएका छन् । हालै जोन्सनको खोप आउने पनि निश्चित भएको छ । आगामी सोमबार १५ लाख ३४ हजार डोज खोप आउने अधिकारीहरुले बताएका छन् । जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com