काेभिड १९ विरुद्धकाे भेराेसेल र जाेन्सनकाे खाेप अभियान मंगलबार देखि सुरु, ( यी हुन् काठमाडौंका सम्भावित खाेप केन्द्र)


काठमाडौं  । सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार देखि लगाउँने भएकाे छ । ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, खाेप केन्द्रहरु मंगलबार 10 बजेपछि एकिन हुने छ  ।
भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।

यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ ।

यता अमेरिकाबाट आएकाे जाेन्सन एण्ड जाेन्सनमाे १५ लाख ३४ हजार 580 डाेज पनि लगाउन सुरु भएकाे छ । याे खाेप ५० देखि ५४ वर्ष उमरमा दिईने छ ।

क्याटेगोरी : प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com