चैत भित्र सबै नागरिकलाई काेराेना विरुद्धको खाेप: सात दिनभित्र जाेखिमभत्ता दिने सरकारकाे निर्णय


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।कार्कीका अनुसार आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय भएको हो ।

यसैगरी सरकारले काेभिड-१९ बिरुद्ध अग्रपंक्तिमा खटिएका कर्मचारीलाई एक साता भित्र ५० प्रतिशत जाेखिम भत्ता वितरण गर्ने भएकाे छ  । महामारीको समयमा स्वास्थ्यकर्मीकाे कामको कुनै  मुल्यांकन नहुने भन्दै जाेखिमभत्ता तत्काल उपलब्ध गराउने निर्णय गरेकाे हाे । स्वास्थ्यकर्मीले उक्त भत्ता नआउनेमा पुगेकाे बताउन थालेका थिए । अघिल्लो बर्ष पनि ओली नेतृत्वको सरकारले सबैलाई जाेखिमभत्ता दिन सकेन । ओली नेतृत्वको सरकारले कार्तिक देखि भत्ता वितरणमा राेक लगाएकाे थियाे । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले सरकारले घोषणा गरेको जोखिम भत्ता नपाएको बताउँदै आएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com