चीनसँग खरिद मध्येको ३२ लाख डोज ६–१० गते आउने


काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४० लाख खोप मध्ये ल्याउन बाँकी ३२ लाख आगामी एक साता पछि आउने भएको छ । असार २५ गते शुक्रबार खरिद गरेको ८ लाख डोज आएको थियो । पहिलो चरणमा २० लाख खोप आउने अनुमान भएपनि चीनले ८ लाख मात्रै दिएको थियो ।

सरकारले चीनबाट नियमीत खोप ल्याउने तालिका सार्वजनिक गरेपनि एक हप्ता बितिसक्दा समेत थप खोप ल्याउन सकेको छैन । खरिद गरकै खोप ढिला आउँदा खोप अभियान पुन प्रभावित भएको छ । खोप अभावले राजधानी काठमाडौंमा खोप अभियान शुक्रबार देखि नै स्थगित भएको छ ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले खोप सकिएका कारण अभियान रोक्नु परेको विज्ञप्तीमा जनाएका छन् । खोप कम र लगाउने मानिसहरुको भिड बढी भएकाले पनि अभियान प्रभावित भएको धेरैको बुझाई छ ।

स्वास्थ्य सेवा विभागका अनुसार थप खरिदको खोप आगमी ६ देखि १० गतेभित्र ल्याउने कार्यतालीका बनाइएको छ । ६ गते जहाज गएर ७ गते आउने छ भने, अर्को ९ गते गएर १० गते फर्कने छ । कुनै पनि अवरोध नआएको खण्डमा आउँन बाँकी सबै खोप १० गते भित्र आउने अधिकारीहरुले बताएका छन् ।

चीनबाट ल्याएको ८ लाख खोप गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशमा प्रयोग गरिएको थियो । सरकारले शिक्षक, सवारी चालक र ५५ वर्ष देखि माथी छुटेकाहरुलाई समेत लगाउने निर्णय गरेपछि अभियान प्रभावित हुन पुगेको हो । स्वास्थ्य सेवा विभागका एक अधिकारी भन्छन् स्वास्थ्य मन्त्रालयले बिना गृहकार्य तालिका बनाउदा समस्या आएको हो । बाँकी अभियान थप खोप आएपछि संचालन हुने छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com