स्वास्थ्य सचिवमा डा राेशन पाेखरेलकाे सम्भावना


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्राबिधिक सचिव पाउने सम्भावना छ । लाेकसेवा आयाेगले साेमबार बिहान बैठक राखि मन्त्रीपरिषद सिफारिस गरेकाे छ । मन्त्री परिषदकाे बैठक आज बस्दैछ ।

समितिले स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । आज विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । सिनियरका आधारमा पाेखरेल एक नम्बरमा छन् । यस अगाडि प्राविधिक तर्फका सचिव लक्ष्मण अर्यालले राेशनलाइ राेक्न चलखेल गरेका थिए । यति सम्मकि एक नम्बरमा रहेका उनलाई दुई नम्बरमा राखेर सिफारिस गरेका थिए । उनकाे शैली शंकास्पद भएपछि राेकिएकाे थियाे ।

बढुवा समितिले बाह्रौँ तहमा बढुवा हुँदाको क्रमलाई हेरेर डा. पोखरेल, डा. सिंह र श्रेष्ठको नाम क्रमश: पहिलो दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको हो ।

तत्कालिन स्वास्थ्य सचिव डा‍. पुष्पा चौधरीको पालामा स्वास्थ्य समूहको सचिवको दरबन्दी हटाइएको थियो । त्यसयताको झण्डै साढे तीन बर्ष स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य समूह भन्दा बाहिरका सचिवले काम गरेका थिए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com