स्वास्थ्य मन्त्रालयका कोठा आईएनजीओले हडप्दा सचिव राख्न समस्या


काठमाडौं । मन्त्रालयका अधिकारीहरूका अनुसार प्रशासन समूहका सचिव लक्ष्मण अर्यालले मन्त्रालयका महत्त्वपूर्ण कोठा आईएनजीओहरूलाई जिम्मा लगाउँदा आज बढुवा भएका प्राविधिक स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई कहाँ राख्ने भन्नेमा ठूलो समस्या परेको छ ।

सचिव अर्याल स्वास्थ्यमा आएसँगै मन्त्रालयका महत्त्वपूर्ण कोठा आईएनजीओका कर्मचारीलाई सुम्पिएका थिए । सचिव अर्यालले मन्त्रालयका कर्मचारीलाई भूमिकाविहीन बनाएर मन्त्रालयको ’कि’ ठाउँ आईएनजीओका कर्मचारीलाई सुम्पिएका छन् । त्यसैले हालै बढुवा भएका नयाँ प्राविधिक सचिव पोखरेलाई कोठा व्यवस्थापन गर्न समस्या परेको हो ।

सचिव अर्याल स्वास्थ्यमा हावी हुँदा आईएनजीओका कर्मचारीले टिप्पणी उठाउने , फाइल सदर गराउनेदेखि पत्र तयार गर्नेसम्मको अधिकार पाएका छन् । यसले देशको गोप्य सूचना चुहिएको भन्दै मन्त्रालयमा उच्च अधिकारीहरुले असन्तुष्टी जनाउँदै आएका छन् ।

आईएनजीओका कर्मचारीले मन्त्रालयको जासुसी गर्नेकाम गर्दै आएको र त्यसमा सचिव अर्यालकै साथ रहेको भन्दै स्वास्थ्यका कर्मचारीले विरोध गर्दै आएका छन् । तर सचिव अर्यालले आफू केपी ओलीको खास मान्छे रहेको भन्दै कारबाही गर्ने धम्की दिने गरेकाले कर्मचारीहरु खुलेर बोल्न सकेका छैनन् । नयाँ सचिव बढुवा भएर आएपछि आईएनजीओका कारण कोठा व्यवस्थापन गर्न समस्या भएपछि कुरा चुहिएको हो ।’

सचिव अर्यालसँगको मिलेमतोमा मन्त्रालयको महत्त्वपूर्ण कोठादेखि ट्वाईलेटसम्म आईएनजीओको कब्जामा छ तर नयाँ सचिवलाई राख्ने गतिलो कोठा नपाउँदा लज्जित हुनुपर्ने अवस्था आएको छ’, मन्त्रालयका एक अधिकारीले भने ।

सचिव अर्यालले आज साउन ४ गतेदेखि वितरण भएको जोन्सन एण्ड जोन्सनको खोपलाई असार ४ गतेको मिति राखेर प्रधानमन्त्रीको बेइज्जत गर्न भूमिका खेलेको आरोप समेत लागेको छ । उनले कुनै आधार नपाएर कुटनीतिक कार्यक्रममा मिति परिवर्तन गराई बेइजत गर्नेकाम गरेको आरोप सचिवमाथी छ । तर, कतिपय अधिकारीहरु भने काम गर्दा त्रुटी भएको भन्दै सचिवको बचाउ गरिरहेका छन् ।

त्यती मात्रै हैन स्वास्थ्य तर्फको सचिव नियुक्ति भएसँगै एक जना १२ औंँ तहको प्रमुख विशेषज्ञ पद रिक्त भएको छ । आगामी १८ गते हालका प्रमुख बिशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठको पनि सेवा अवधि सकिदैछ । उनको पद समेत गर्दा तत्काल २ जना १२ तहको दरबन्दी रिक्त भएको छ । उनिहरुलाई नियुक्ती गरेर राख्ने कोठा नभएको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com