स्वास्थ्यको आगन्तुक कक्ष आगन्तुकको पहुँचबाहिर


काठमाडौं । स्वास्थ्य सचिव लक्ष्मण अर्यालको मनमौजीका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगन्तुक कक्ष आगन्तुकको पहुँचबाहिर पुगेको छ ।
सचिव अर्याल स्वास्थ्यमा आएसँगै गेटदेखि आगन्तुक कक्षसम्म बन्द गराउन लगाएर मन्त्रालयभित्र आगन्तुकमाथि कडाई गर्न थालेका हुन् ।

तत्कालीन् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका प्रेस सल्लाहकार भक्त थापाले ओगटेको त्यो आगन्तुक कक्ष यादव कोइराला स्वास्थ्यमा सचिव भएर आएपछि आगन्तुकका लागि खुला गर्न निर्देशन दिएका थिए । तर मनमौजी सचिव अर्याल आएपछि त्यो निर्देशन कार्यान्वयन गर्न रोक लगाए ।

मन्त्रालयमा काम विशेषले आउने जेष्ठ नागरिक, शारीरिक रुपले फरक क्षमता भएका व्यक्ति, अशक्त नागरिकलगायतका मानिसहरुले मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई भेट्न घन्टौं कुर्नुपर्ने त्यो आगन्तुक कक्ष सल्लाहकार थापापछि पछिल्लो समय सचिव आर्यालको तारोमा परेको हो ।

मन्त्रालयको उक्त आगन्तुक कक्ष पाहुनाका लागि मात्र होइन अशक्त, बृद्धबृद्धा र अपांगताका लागि बनाईएको हो । तर अहिले मन्त्रालयमा आउने आगन्तुकहरू बस्नका लागि कुनै ठाउँ नभएकाले प्यासेजमा नै उभिनुपर्ने अवस्था छ ।

सचिव अर्यालको कठोर नीतिका कारण उनको कार्यकक्ष नजिकै रहेको आगन्तुक कक्ष आगन्तुकलाई प्रयोग गर्न नदिई चुकुल लगाएर राख्न निर्देशन दिएका छन् । यसले पनि सचिव अर्याल कुनहदसम्म निर्मम र निर्दयी छन् भन्ने स्पष्ट हुन्छ ।

उक्त आगन्तुक कक्षमा चाबी लगाएर राख्दा कामले आएका आगन्तुक अन्य कर्मचारीको कार्यकक्षमा प्रवेश गरेर बस्ने गरेका छन् । यसरी कार्यकक्षमा प्रवेश गरेर बस्दा दैनिक काममा समस्या हुने गरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com