३२ लाख डोज खोप लिन आज नेपाल एयरलाइन्सको जहाज चीन जाँदै


काठमाडौं । नेपालले खरिद गरेको कोरोनाविरुद्धको मध्ये आउन बाँकी ३२ लाख डोज खोप लिन आज नेपाल एयरलाइन्सको जहाज चीन जाँदैछ । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । निगमका अनुसार नेपाल एयरलाइन्स आज, भोलि र शनिबार खोप लिन चीन जाने छ ।

विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । यसअघि पहिलोपटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ ।
निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमको विमान आज गएर भोलि फर्कने, भोलि गएर शुक्रबार फर्कने र शनिबार गएर आइतबार फर्कने तालिका छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com