सरकारसँग झलनाथले एक करोड पैसा मागे, कति लाग्ला खर्च ?


काठमाडौं ।सरकारले राज्य कोषबाट अवैध रूपमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ३० लाख रुपैयाँ उपलब्ध गराएकाे छ ।
कानूनले विदेशमा उपचार गर्दा कसैलाई पनि सरकारधको ढुकुटीबाट पैसा दिन निषेध गरेको छ । तर केपी शर्मा धओली नेतृत्वको सरकारले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउने तयारीमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ३० लाख उपलब्ध गराइसकेको छ । अर्थ मन्त्रालयका अनुसार थप ५० लाख माग गरिएको छ ।
मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा रहेका उनलाई कानूनविपरीत पैसा दिने निर्णय रोक्न रिट हाल्नुपर्ने कानुनविद्हरूको राय छ ।
अहिले ३० लाख परराष्ट्रमार्फत दूतावासलाई पठाइ सकिएको बताउँदै अर्थका कर्मचारीले थप ५० लाख रुपैयाँको बिल पनि पेश भइसकेको जानकारी प्राप्त भाएको बताए । यही हालतमा पैसा दिने हो भने पूर्वप्रधानमन्त्री खनाललाई उपचार खर्च भनेर करोडौं दिनुपर्ने अवस्था आउन सक्ने ती अधिकारीको भनाई छ । करोडौं सम्पति जोडेका खनालले सरकारको ढुकुटीमा आँखा लगाएको भन्दै आलोचना भएको छ । खनालका छोरा निर्भिक चित्रकार लुम्बिनी र भैरहबा विमानस्थलको स्थानीय ठेकेदारसमेत हुन् । उनले अर्बौको सरकारी ठेक्का हत्याएका छन् । तर बाबुको उपचार भने सरकारी पैसाबाट गर्न लागेको भन्दै सामाजिक सञ्जालमार्फत उनलाई कुपुत छोराको संज्ञा दिइएको छ ।
सरकारले चीनबाट न्यारो बडी जहाज खरिद गर्दा पनि खनालका छोराले एजेन्टको भूमिका निर्वाह गरेका थिए । त्यो जहाजले सरकारलाई अर्बौको क्षती बेहोर्नु परेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com