स्वास्थ्यमन्त्रीमा देउवाको प्रस्ताव शशांकलाई , शशांकले सुजातालाई अघि सारे


काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस महामन्त्री शशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बन्नका लागि गरेको प्रस्तावमा सुजातालाई बनाउन उनले काउन्टर प्रस्ताव गरेका छन् ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा र महामन्त्री कोइरालाबीच भएको भेटवार्तामा देउवाले उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री  बनेर सरकारमा आउन भनेका थिए । बालुवाटार स्रोतका अनुसार देउवाको प्रस्तावमा महामन्त्री कोइराला सकारात्मक रहेको बताउँदै आफूले केही दिनभित्रै निर्णय गर्ने भनेर बालुवाटारबाट निस्किएको थिए । तर शशांकले आफ्नो ठाउँमा सुजातालाई मन्त्री बनाउन प्रस्ताव पठाएका छन् ।

प्रधानमन्त्री देउवाले कांग्रेस सभापतिमा आफ्ना प्रतिस्पर्धी बन्न खोजेका शशांकलाई आफू भन्दा दोस्रो बरियतामा सरकारमा सहभागीता गराएर बलियो बन्ने रणनीति अख्तियार गरेका थिए । उनी स्वास्थ्यमन्त्री बन्न राजी भए प्रतिष्पर्धामा अर्को उम्मेदवार बन्ने र चुनाव जित्न सहज हुने बालुवाटारको आँकलन रहेको छ ।

महामन्त्री शशांक कोटा आफू मन्त्री नबन्ने जवाफ पठाएसँगै देउवालाई पार्टी सभापतिमा चुनाव लड्न चुनौती थपिएको छ ।

शशांकको प्रस्तावसँगै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने चाहना राखेकी सुजातालाई कोइराला परिवारबाट मन्त्री बनाउन देउवालाई दबाब परेको छ । सुजताले पाए परराष्ट्र नपाए स्वास्थ्य चाहियो भनेको बालुवाटार स्रोतले बतायो ।

कांग्रेसले बढीमा ८ वटा मन्त्रालय पाउने सम्भावना छ । अहिले प्रधानमन्त्री देउवाले भोजपुरका ज्ञानेन्द्रबहादुर कार्कीलाई कानूनमन्त्री र रुपन्देहीक बालकृष्ण खाँडलाई गृहमन्त्री बनाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com