शिक्षासेवी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त


काठमाडौं । शिक्षासेवी उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । भोजपुरका श्रेष्ठ लिटल एन्जेल्स स्कुलका सञ्चालक हुन् । उनी कांग्रेसबाट समानुपातिक सांसद बनेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति कार्यालयले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको हो । ललितपुरको खुमलटारमा रहेको लिटल एन्जेल्स स्कुललाई उनले ‘डिम युनिभर्सिटी’ रूपमा चलाउनेगरी सगरमाथा विश्वविद्यालयका बनाउन प्रस्ताव गरेका छन् ।

निजी विद्यालयलाई ट्रष्टमा रुपान्तरण गरेर भविष्यमा शिक्षालाई सेवामुखी बनाउने श्रेष्ठको उद्देश्य रहेको छ ।

श्रेष्ठले केही समय अगाडि ‘हस्पिटल चेन’ बनाउने योजनामा अघि सारेका थिए । ललितपुरको एकान्तकुनामा हेलोइस नामक बुटीक अस्पताल खोल्ने अभियानको नेतृत्व पनि श्रेष्ठले गरेका छन् । ५० लाखको लगानीमा ५ वटा अस्पताल चेन बनाउने श्रेष्ठको योजना रहेको छ ।

अहिले उनको नेतृत्वमा जनमैत्री अस्पताल, महेन्द्र नारायण निधि अस्पताल सञ्चालनमा छन् । पर्यटनका क्षेत्रमा उनले चितवनमा सिराइचुली, सेन्ट्रल पार्क लगायत होटल, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्ट एण्ड वेलनेस सेन्टरमा लगानी गरेका छन् । पोखरामा उनको नयाँ होटल परियोजना शुरु भएको छ ।

आफ्नो जन्मथलो भोजपुरको डाँडा बोखिममा कृषि क्षेत्रको विकास र विस्तारमा पनि श्रेष्ठ लागेका छन् । डाँडा बोखिम कागती र सुन्तला राम्रो फल्ने ठाउँ हो ।

श्रेष्ठ प्राइम कमर्सियल बैंकको सञ्चालक समिति अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका व्यक्ति हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com