स्वास्थ्य लाईभ प्रभाव : स्वास्थ्यको आगन्तुक कक्ष सर्वसाधारणका लागि खुला


काठमाडौँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगन्तुक कक्ष सर्वसाधारणका लागि खुला गरिएको छ ।
स्वास्थ्य लाईभले ‘स्वास्थ्यको आगन्तुक कक्ष आगन्तुकको पहुँचबाहिर’ शीर्षकमा समाचार प्रकाशित गरेपछि मन्त्रालयले खुला छाडेको हो ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालको मनमौजीका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगन्तुक कक्ष  आगन्तुकको पहुँचबाहिर पुगेको थियो ।
स्वास्थ्यमा राज्यमन्त्री बनेर उमेश श्रेष्ठ आएपछि ताल्चा लगाएर राखिएको आगन्तुक कक्ष खुला गरिएको हो ।
सचिव अर्याल स्वास्थ्यमा आएसँगै गेटदेखि आगन्तुक कक्षसम्म बन्द गराउन लगाएर मन्त्रालयभित्र आगन्तुकमाथि कडाई गर्दै आएका छन्। नयाँ राज्यमन्त्री आएपछि भने सचिव अर्यालको फूर्तिफार्ती घटेको छ ।
हालै नियुक्त भएका स्वास्थ्य सेवाका प्राविधिक सचिव रोशन पोखरेलको निर्देशनमा आगन्तुक कक्ष सर्वसाधारण नागरिकका लागि खुला गरिएको
तत्कालीन् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका प्रेस सल्लाहकार भक्त थापाको पालादेखिनै उक्त आगन्तुक कक्ष कब्जा गरेर कार्यकक्ष बनाइएको थियो ।  यादव कोइराला स्वास्थ्यमा सचिव भएर आएपछि आगन्तुकका लागि खुला गर्न निर्देशन दिएका थिए । तर मनमौजी सचिव अर्याल आएपछि त्यो निर्देशन कार्यान्वयन गर्न रोक लगाएका थिए ।
मन्त्रालयमा काम विशेषले आउने जेष्ठ नागरिक, शारीरिक रुपले फरक क्षमता भएका व्यक्ति, अशक्त नागरिकलगायतका मानिसहरुलाई बस्नका लागि मन्त्रालयको  उक्त आगन्तुक  कक्ष पाहुनाका लागि मात्र होइन अशक्त, बृद्धबृद्धा र अपांगताका लागि बनाईएको हो । तर अहिले मन्त्रालयमा आउने आगन्तुकहरू बस्नका लागि कुनै ठाउँ नभएकाले प्यासेजमा नै उभिनुपर्ने अवस्था थियो  ।  अब त्यो अवस्था हटेको छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com