आइसोलेसनको पैसा ‘डाईभर्ट’ गरेर दिपेन्द्रद्वारा राहत वितरण


काठमाडौं, बागमती प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले अष्ट्रेलियाबाट आएको ७० हजार पैसाको राहत सामग्री किनेर वितरण गरेका छन् ।
बानेश्वरमा रत्नराज्य आइसोलेसन र बुद्धनगरमा सुशील कोइराला मेमोरियल आइसोलेसन खोलेर सयौं कोरोना संक्रमितलाई निः शुल्क सेवा प्रदान गरेर सांसद श्रेष्ठले त्यहिँ प्रयोजनका लागि आएको पैसा ‘डाईभर्ट’ गरेर असाय, अशक्त, एकल महिला, शारीरिक रुपले कमजोर व्यक्तिहरूलाई दैनिक जीविका चलाउन आवश्यक राहत सामग्री वितरण गरेका छन् ।
सांसद श्रेष्ठले काठमाडौव महानगर पालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीको  रोहवरमा बुद्धमार्ग,  देवीनगर, शान्ति विनायक मार्गमा बसोबास गर्ने एकल महिला अशक्त, अपाङ्ग भएका आर्थिक रूपले अत्यन्त कमजोर व्यक्तिलाई राहत सामग्री वितरण गरेका हुन् ।
वडा नम्बर ११ को बंशीघाटमा पनि समाजसेवी हुकुमबहादुर लामाको रोहबर र सुझाव अनुसार राहत सामग्री वितरण  गरिएको उनको भनाई छ ।
अस्ट्रेलियामा बसोवास गर्दै  आएका बानेश्वर निवासी सर्भेन्द्र थापाको समन्वयमा “स्टिल वि क्यान स्टान्ड फर नेपाल ” समूहमार्फत प्राप्त भएको ७० हजार रुपैयाँ रकम बराबरको राहत सामग्री  ४ स्थानका करिब ५० भन्दा बढी परिवारलाई वितरण गरिएको सांसद श्रेष्ठले जानकारी दिए ।
सभेन्द्र बानेश्वर निवासी समाजसेवी भगवान थापाका सुपुत्र हुन् ।
आइसोलेसनमा गरेको सेवालाई सहयोग गर्नेगरी सभेन्द्र र उनका हितैषी मित्रहरू मिलेर खोलेको समूहले पठाएको पैसाबाट राहत वितरण गर्न पाएकोमा सांसद श्रेष्ठले सहयोगी मनहरू प्रति कृतज्ञता प्रकट गरेका छन् ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com