एमबीबीएस विद्यार्थी झुण्डिए


काठमाडौं । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक विद्यार्थी झुन्डिएको अवस्थामा फेला परेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–८ रानीतलाउ निवासी २५ वर्षीय सिद्धार्थ बैश्य मेडिकल कलेजको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको कोहलपुरका प्रहरीले जनाएको छ ।

मृतक बैश्यको सुसाइट नोट भेटिएकाले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । बैश्य मानसिक रुपमा समस्याग्रस्त देखिए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com