प्रदीप गिरीको आजै अन्त्येष्टि, पार्थिव शरीर २ बजेसम्म पार्टी कार्यालयमा राखिने


काठमाडौं । दिवंगत कांग्रेस नेता प्रदीप गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । २ बजेसम्म गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा राखेर अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल राखिने छ । त्यसपछि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ  । नेता गिरीको शनिबार राति नै मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com