कर्णाली प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लका  चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन् ।

मेडिकल अधिकृत डा. करण शाहमाथि भएको सांघातिक हमला र झूठ्ठा मुद्दा दायर गरी पक्राउ पूर्जी जारी गरेको लगायत कारण देखाउँदै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

कानुनीन राज्यको आभाष नभएकोले र विरोधको नयाँ स्वरुप अनुसार प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले उपकुलपत उपकुलपति समक्ष सामूहिक राजीनामा पेश गरेको जनाएका छन् । विषय परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा दिन असमर्थ रहेको उनीहरूको भनाइ छ । उक्त राजीनामा पत्रको बोधार्थ जुम्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com