डेंगु महामारी घोषणा गर्ने सरकारको तयारी


काठमाडौं । सरकारले डेंगु महामारीको घोषणा गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु महामारी घोषणा गर्ने प्रस्ताव गरेको हो ।

डेंगु व्यापक फैलिएको र नियन्त्रणबाहिर जान लागेकाले सरकारले डेंगुलाई महामारीको रुपमा घोषणा गरेर नियन्त्रण तथा रोकथामको तयारी गरेको हो । यसको प्रारुप तयार पारेर इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको छ । ईडिसिडीका निर्देशक चुमनलाल दासका अनुसार डेंगु प्रकोप घोषणा गर्ने सम्बन्धमा प्रस्ताव पठाइसकिएको छ । केही दिनभित्रै सरकारले डेंगुलाई महामारीको रूपमा घोषणा गर्ने उनको विश्वास छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार डेंगुका कारण आजका मितिसम्म २१ जनाको  मृत्यु भएको छ । यो यस वर्ष डेंगुका कारण मृत्यु हुनेको संख्या हो । सन् २०१९ मा ६ जना मरेका थिए । डेंगुका कारण मृत्यु हुने त्यसपछिको सबैभन्दा ठूलो संख्या हो ।

 

यस वर्ष मात्र डेंगुका कारण नेपालमा १७ हजार ५ सय ९४ संक्रमित भइसकेका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।बागमतीमा सबैभन्दा बढी १२ हजार ९ सय डेंगु संक्रमित फेला परेका छन् ।

इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अझैं दुई महिना डेंगुको महामारी रहने आँकलन गरेको छ । यसबाट थप व्यक्तिहरु मुत्युको शिकार बन्ने खतरा छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #डेंगु महामारी घोषणा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com