गगन थापासहित यी पूर्व स्वास्थ्यमन्त्रीले पाए संघको टिकट


काठमाडौं । गगनकुमार थापासहितका आधा दर्जन पूर्व स्वास्थ्यमन्त्रीहरुले प्रतिनिधिसभा (संघ)को टिकट पाएका छन् ।

कांग्रेसबाट पूर्व स्वास्थ्यमन्त्री थापासहित उमाकान्त चौधरी र रामजनम चौधरी तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संघको टिकट पाएका हुन् ।

थापाले प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ४ का लागि टिकट पाएका छन् । उमाकान्त चौधरीले बारा १, रामजनम चौधरीले कैलाली १ र श्रेष्ठले चितवन २ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फको टिकट पाएका छन् । उमाकान्त हाल खानेपानी मन्त्री र श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री हुन् ।

नेकपा एमालेबाट पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शेरबहादुर तामाङले संघको टिकट पाएका हुन् । ढकालले मोरङ ३ र तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फको टिकट पाउन सफल भएका हुन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले संघको टिकट पाएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा प्रत्यक्ष तर्फको टिकट पाएका हुन् ।

यता पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने निर्णय भइसकेको छैन ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## विरोध खतिवडा, #उमाकान्त चौधरी, #उमेश श्रेष्ठ, #गगन थापा, #भानुभक्त ढकाल, #रामजनम चौधरी, #शेरबहादुर तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com