भारतका स्वास्थ्यमन्त्रीमाथि गोली प्रहार


काठमाडौं । भारतका स्वास्थ्यमन्त्रीमाथि गोली प्रहार भएको छ ।  भारतको ओडिशा राज्यका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री नव किशोर दासलाई प्रहरीले गोली प्रहार गरेको हो ।

जनसभामा जाँदै गर्दा उनीमाथि असई गोपाल दासले गोली हानेका हुन् ।  स्वास्थ्यमन्त्री दासको छातीमा पनि गोली लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्यमन्त्री दासलाई आज मध्यान्ह गोली प्रहार भएलगत्तै अस्पताल भर्ना गरिएको छ । उनको स्वास्थ्य  अवस्था गम्भिर रहेको बताइएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com