महाशिवरात्री विशेष: व्रत बस्दै हुनुहुन्छ ? ध्यान दिनुस यी कुरामा…


काठमाडौं । आज महाशिवरात्री भगवान शिवको पुजाआजा गरी मनाइँदैछ ।

आजको दिन बिहानैदेखि भक्तजनहरू देशभरका शिवालयहरूमा पुजाका लागि लाइन बसेका छन् ।

महाशिवरात्रीमा भगवान शिवलाई मनपर्ने फलफूल, धुप लिएर मन्दिर पुग्नेहरूको भिड देख्न सकिन्छ ।

पुजाका साथै आजको दिन व्रत बस्नेहरू पनि धेरै छन् । व्रत बस्नेहरू आ आफ्नै तरिकाले व्रत बस्ने गर्छन्। कतिले पानी समेत नखाई व्रत बस्ने गर्छन् भने कतिपयले फलफूल र पानीको सेवन गरेर पनि व्रत बस्ने गरेका हुन्छन् ।

खासमा व्रत बस्दा विभिन्न कुरामा ध्यान दिनपर्छ । व्रत बस्दा शरीरमा पानीको मात्रा कम भइ कमजोर भइन्छ । निराहार बस्दा थकाइका कारण कतिपय व्रतालु बिरामी समेत पर्ने गरेका छन् । त्यसकारण व्रत बस्दा विशेष ध्यान दिनुपर्छ ।

उसो त सातामा एक दिन व्रत बस्नु सबैका लागि राम्रो हुन्छ । तर, आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्दा राम्रो हुन्छ । जस्तै पानी र फलफूल सेवन गरी व्रत बस्ने आदी ।

चाडपर्व विशेषमा मात्र नभइ साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ । वर्षमा एक पटक पानी पनि नपिइ व्रत बस्नुभन्दा सातामा एक पटक पानी, फलफूल सेवन गरी व्रत वस्नु राम्रो हो ।

त्यति मात्र होइन गर्भवती, सुत्केरी, नियमित औषधि सेवन गरिरहने (मुटुरोगी, मधुमेहका बिरामी, कुनैपनि शल्यक्रिया गरेका व्यक्ति वा जटिल अवस्थाका व्यक्ति) हरू व्रत नबसेकै राम्रो।

व्रतले मानव शरीरमा गर्न फाइदाबारे ग्यास्ट्रो इन्ट्रोलोजिष्ट प्रा.डा. भुपेन्द्र बस्नेतको भनाइ यस्तो छ, नियमित व्रत बस्दाका फाइदा :
* व्रत बस्दा तौल नियन्त्रण हुन्छ ।
* तौल बढी या घटी हुँदा हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ ।
* उच्च रक्तचाप, मधुमेह, यूरिकएसिड, कोलेस्ट्रोल तथा दीर्घ रोगबाट बचाउँछ ।
* पाचन प्रक्रियाले आराम पाउँछ ।
* रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
* शरीरमा रहेका विषाक्त पदार्थ सफा हुन्छ ।

क्याटेगोरी : जीवनशैली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com