प्रथम एनआरएनए अमेरिका क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन टेक्ससमा सुरु


टेक्सस । गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरुको प्रथम स्वास्थ्य सम्मेलन अमेरिकाको टेक्सस सहरमा सुरु भएको छ । आजबाट सुरु भएको सम्मेलन तीन दिन अर्थात् २८ मेसम्म सञ्चालन हुने छ ।

नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको स्वास्थ्य समस्याबारे जानकारी लिने उद्देश्यले पहिलोपटक एनआरएनए ग्लोवल हेल्थ कमिटीले सम्मेलनको आयोजना गरेको हो ।

एनआरएनए ग्लोवल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटाका अनुसार सम्मेलनको मुख्य उद्देश्य भनेको नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एकठाउँमा ल्याएर नेपालीहरुको स्वास्थ्य समस्याबारे जानकारी लिनु हो । ‘यो सम्मेलनले नेपालबाहिर रहेका स्वास्थ्यकर्मीको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ र नेपालीहरुमा कसरी सेवा पुर्याउन सकिन्छ भन्ने रहेको छ ।’, उनले भने

एनआरएनए अमेरिकाका स्वास्थ्य समिति संयोजक डा. प्रकाश श्रेष्ठले विभिन्न ठाउँमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई एकैठाउँमा ल्याएर उनिहरुको कार्यअनुभव, भोगाइहरु एक आपसमा साटासाट गर्ने माध्यमका रुपमा यस सम्मेलनलाई लिइएको बताए ।

समितिले विभिन्न देशमा रहेका नेपालीहरुलाई आवश्यक परेको खण्डमा जस्तोसुकै सहयोग गर्दै आएको छ । अझ कोरोनाको समयमा नेपालमा समिति र त्यसमा आवद्ध स्वास्थ्यकर्मीहरुले उल्लेख्य मात्रामा सहयोग गरेका थिए । डा. प्रकाश श्रेष्ठ आफैमा बरिष्ठ भाइरोलोजिष्ट चिकित्सक भएकाले कोरोनाको सूरुवातमै नेपालका चिकित्सकहरुलाई यसको जोखिम र उपचारमा अपनाईने सुक्षा मापदण्डका बारेमा तालिम दिएका थिए ।

पहिलो सम्मेलन भएकाले धेरै दिन नसके पनि आगामी दिनहरुका लागि एउटा मार्ग तयार गर्नेमा ढुंक्क भएको आयोजक बताउँछ । सम्मेलनमा विशेषगरी मानसिक स्वास्थ्य र घरेलु हिंसालाई केन्द्रमा राखेर बृहत छलफल हुने छ । श्रेष्ठ भन्छन, ‘रगत, सुगर र शारिरीक तन्दुरुस्त भएर मात्रै मानिस स्वास्थ्य रहन सक्दैन स्वस्थ रहनका लागि अध्यात्मिक आयामहरुलाई पनि सँगै लिएर जानुपर्छ ।’, त्यसैले तीन दिनसम्म चल्ने सम्मेलनले अध्यात्मलाई विशेष प्राथमिकतामा राखेर छलफल गर्ने उनले जानकारी दिए ।

उत्तरी र दक्षिणी अमेरिकामा गरी (क्यानडा र संयुक्त राज्य अमेरिका समावेश) नेपाली मुलका २० हजारभन्दा बढी नर्स, चिकित्सक, महामारी विशेषज्ञ, स्वास्थ्य व्यवसायी, पारामेडिक्स, स्वास्थ्य सम्मेलनमा सहभागी छन् ।

यस कारण सम्मेलन

उत्तर र दक्षिण अमेरिकाका विभिन्न क्षेत्रमा गरी नेपाली मुलका व्यक्तिहरूको सङ्ख्या २ लाखभन्दा धेरै मानिसहरूको बसोबास रहेको छ । ती नेपाली नागरिकको स्वास्थ्य आवश्यकता र स्वास्थ्यमा देखिएका समस्या लगायतका विषयमा कस्तो पहुँच छ र उनीहरूलाई स्वास्थ्यसँग सम्बन्धी समस्यालाई कसरी सहज बनाउन सकिन्छ भन्ने उदेश्यका साथ सम्मेलनको आयोजना हुन लागेको हो ।

साथै यी क्षेत्रमा बसोबास गर्ने नागरिकले स्वास्थ्य क्षेत्रलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ, विदेशमा बसेर पनि नेपाली नागरिक र नेपाली स्वास्थ्य क्षेत्रलाई कसरी राम्रो बनाउनका लागि के भूमिका निर्वाह गर्ने तथा नेपालमा रहेका स्वास्थ्य क्षेत्रका व्यक्तिहरूलाई कसरी नीतिगत रुपमा सरकारलाई सल्लाह सुझाव दिने पनि सम्मेलनको अर्को उद्देश्य रहेको छ ।

सम्मेलनको मुख्य उद्देश्य उत्तर र दक्षिण अमेरिकामा रहेका नेपाली मूलका डाक्टर, नर्स र स्वास्थ्य व्यवसायीलाई एकैठाउँमा एकताबद्ध गरी उनीहरूबीचको सञ्जाल बनाउनु रहेको छ स्वास्थ्य लाइभ मिडिया प्रालीलाई उक्त सम्मेलनको मिडिया पार्टनर बनाइएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकाको टेक्सस सहर, #एनआरएनए अमेरिकाका स्वास्थ्य समिति संयोजक डा. प्रकाश श्रेष्ठ, #एनआरएनए ग्लोवल हेल्थ कमिटीका अध्यक्ष डा. सञ्जीव सापकोटा, #गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरुको प्रथम स्वास्थ्य सम्मेलन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com