‘काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक स्थितिमा पुग्ने’


काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण घातक स्थितिमा पुग्ने चेतावनी दिइएको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार बिहान काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकाङ्क २०११ देखि २५८ सम्म मापन गरिएको हो। जुन थप बढ्न सक्ने अनुमान गरिएको छ।

प्रदूषित वायुमा पाइने हानिकारक कण, रसायन र ग्याँसले मानव शरीरमा तत्कालीन रूपमा छाला चिलाउने, श्वास नली सुक्खा हुने, कपाल झर्ने, नाक चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने चिलाउने, कन्जक्टभाइटिस जस्ता समस्याहरू देखिन्छन्। यो प्रदूषणले दीर्घकालीन रूपमा श्वासप्रश्वास, मुटु र फोक्सोमा गम्भीर समस्या निम्त्याउँने हुँदा चिकित्सकहरूले सकेसम्म बाहिर ननिस्कन भनेका छन्। त्यस्तै शरीरका अधिकांश अङ्गलाई असर गर्ने वायु प्रदूषणका कारण पछिल्ला वर्षमा विशेषगरी श्वासप्रश्वास, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मस्तिष्कघातका बिरामीको सङ्ख्या बढेको हुँदा सावधानी अपनाउन पनि भनिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com