सशस्त्रका डिआईजीद्वय कालीदास धौवजी र कुमार न्यौपानेको १ वर्ष पदावधि थपियो

काठमाडौं। सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को १ पदावधि थप गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि १ वर्ष थप गर्ने निर्णय गरेको हो। ४ वर्ष पूरा गर्न लागेका डिआईजीद्वय धौबजी र न्यौपानेको १ वर्ष पदावधि थप्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
४ वर्ष पूरा गरेका डिआईजीको १ वर्ष म्याद थप गर्ने कानुनी सुविधा बमोजिम धौवजी र न्यौपानेको १ वर्ष पदावधि थप्ने निर्णय गरेको हो। धौव जीसशस्त्र प्रहरी बल केन्द्रीय प्रवक्ता/सूचना अधिकारीका साथैसशस्त्र प्रहरी नायब महानिरीक्षकको सचिवालयमा कार्यरत छन्। न्यौपाने भने पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बराह बाहिनी पकली, सुनसरीको प्रमुख रहेका छन्। भक्तपुरे धौवजी र भोजपुरे न्यौपाने थप १ वर्ष डिआईजी बन्ने बाटो खुलेको हो।
क्याटेगोरी : समाचारट्याग : #कालिदास धौवजी, #कुमार न्यौपाने, #सशस्त्र प्रहरी बल डिआईजी
तपाईको प्रतिक्रिया दिनुहोस