राजप्रसाद सेवाकी एक्ली सहसचिव बिनुको गृह प्रवेश


काठमाडौं। राजप्रसाद सेवा (दरबार)मार्फत सरकारी जागिरमा प्रवेश गरेर सहसचिव बनेकी बिनु बज्राचार्य कुँवरको गृह मन्त्रालयमा ‘इन्ट्री’ भएको छ। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयकी सचिव रहेकी कुँवरले गृह मन्त्रालयमा ‘इन्ट्री’ मारेकी हुन्।

सहसचिव भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकारण, राष्ट्रिय सूचना आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सहरी विकास मन्त्रालय हुँदै बागमती प्रदेश पुगेको बिनु सिडिओ खाने हेतुले गृह प्रदेश गरेकी हुन्। मध्य फागुनमा सहरी विकास मन्त्रालयबाट बागमती प्रदेश पुगेकी बिनु साढे ५ महिनापछि सिंहदरबार प्रवेश गरेकी हुन्।

राजप्रसाद सेवा (दरबार)मार्फत प्रवेश गरी सर्वोच्च अदालतको आदेशबाट प्रशासन सेवाको सहसचिवमा बढुवा भएकी विनु अहिले उक्त सेवाबाट आएकी एक्ली सहसचिव हुन्। तत्कालीन राजप्रसाद सेवाका उनीसँगै २०७६ साल माघमा सहसचिव भएका रूद्रनाथ देवकोटा, गौलोचन सैंजू, सुशील श्रेष्ठ, रामभक्त श्रेष्ठ, अद्वेतप्रकाश श्रेष्ठ, अमृतमान श्रेष्ठ अवकाश भइसकेका छन्।

सर्वोच्च अदालतको आदेशानुसार २०७४ माघ १८ गतेदेखि लागू हुनेगरी बिनु सहसचिवमा बढुवा भएकी थिइन्। अहिले निजामती सेवा ऐन अनुसार ५८ वर्षे उमेर हदलाई आधार मान्दा सहसचिव विनु २०८८ पुस २६ गतेसम्म सरकारी सेवामा रहने छिन्। राजप्रसाद सेवाबाट सँगै प्रशासन सेवामा आएका सहसचिवबाटै अवकाश भइसक्दा बिनु भने सचिव बन्ने निश्चित जस्तै देखिन्छ। उमेर हद ६० पुगे उनी २०९० सालसम्म सरकारी सेवामा रहनेछिन्। लोकमान सिंह कार्की राजप्रसाद सेवा (हुप्र)बाटै सेवा प्रवेश गरी मुख्यसचिव बन्न सफल भएका थिए। राजप्रसाद सेवाबाटै आएका राजेश्वरमान सिंह मधेश प्रदेशको पहिलो प्रमुख सचिव बनेका थिए। उक्त सूचीमा अब बिनुको नाम थपिने निश्चित छ।

सहरी विकास मन्त्रालयमा सहसचिव हुँदा आन्तरिक व्यवस्थापन समेत हेर्ने जिम्मेवारी पाएकी बिनुले मन्त्रीले चढ्ने गाँडी बिग्रदा र तेल बढी खायो भनेपछि आफैं गाडी चढेर चेक गरेको किस्सा अहिले पनि प्रधानमन्त्री कार्यालयमा चल्ने गर्छ।

क्याटेगोरी : समाचार
ट्याग : #बिनु बज्राचार्य कुँवर, #राजप्रसाद सेवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ