बाढीपीडितको उद्धारमा बिजी ग्रुपको १ करोड २ लाख ७७ हजार सहयोग


काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरुबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।

विपद्को कठिन घडीमा राज्यसँगै उभिँदै बिजी ग्रुपले गरेको यो महत्वपूर्ण सहयोगले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वको एउटा उदाहरण प्रस्तुत गरेको छ।

बिजी ग्रुपका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। मंगलबार आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा कार्यकारी अध्यक्ष बटु लामिछानेले १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरे।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकको उद्धार र राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्रुपले उक्त रकम उपलब्ध गराएको हो।

“विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो मानवीय दायित्व हो,” भन्ने भावनासहित गरिएको यो सहयोगले व्यवसाय केवल नाफा कमाउने माध्यम मात्र नभई समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने माध्यम पनि हो भन्ने सन्देश दिएको छ।

बिजी ग्रुपका कार्यकारी अध्यक्ष बटु लामिछानेले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय रूपमा ठूलो जनधनको क्षति भएको भन्दै सहयोग रकमले प्रभावित नागरिकको राहत तथा उद्धारमा केही भए पनि योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी ग्रुपका प्रबन्ध सञ्चालक गणेश कार्कीको उपस्थितिमा भएको सहयोग हस्तान्तरणले विपद्को समयमा निजी क्षेत्रको सक्रिय सहभागितालाई थप अर्थपूर्ण बनाएको छ। कार्की ऊर्जा तथा जलविद्युत् क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी हुन् भने लामिछाने उद्योग तथा व्यवसाय क्षेत्रसँगै निजी क्षेत्रको प्रतिनिधित्वमा सक्रिय व्यवसायीका रूपमा परिचित छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ