नेपाल घर गएपछि भट्ट र कुँवरमध्ये एक हुनेछन् सचिवमा बढुवा
काठमाडौं। वरिष्ठ सहसचिव श्रीकृष्ण नेपाल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गएसँगै नारायणप्रसाद भट्ट र बिनोदबहादुर कुँवरमध्ये एकजना सचिवमा बढुवा हुने बाटो खुलेको छ। सचिव बढुवाका लागि १ नम्बरमा सिफारिस भएका नेपाल सहसचिवबाटै घर गाएका छन्। उनी घर गएपछि सहसचिव भट्टर कुँवरको सचिव बन्ने बाटो खुला भएको हो।
सचिवमा बढुवाका लागि एक नम्बरमा श्रीकृष्ण नेपाल, दुई नम्बरमा नारायणप्रसाद भट्ट र तेस्रो नम्बरमा बिनोदबहादुर कुँवरको नाम सिफारिस गरेको थियो। तर, एक नम्बरमा सिफारिस भएका नेपाल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा गइसकेका छन्। एक नम्बरमा सिफारिस भएर पनि उनी सचिव नभइ घर गएपछि भट्ट र कुँवरका लागि सचिव बन्ने बाटो खुला भएको हो।
भट्ट २०७१ सालमा खुला प्रतिस्पर्धा र कुँवर आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव भएका थिए। सचिव बढुवाको सिफारिसमा परेका भट्ट राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत छन्। कुँवर राष्ट्रिय समावेशी आयोगको सचिवको भूमिकामा छन्। नेपाल अवकाशमा गएसँगै दोस्रो नम्बरमा सिफारिसमा परेका भट्टको सचिवमा बढुवा हुने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस