बानेश्वरमा बनेको कवीर सत्संग आश्रमको भवन उपप्रधानमन्त्री सिंहद्वारा समुद्घाटन


काठमाडौं। काठमाडौंको मध्य बानेश्वरमा बनेको कवीर सत्संग आश्रमको भवन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका छन्। सद्गुरू आज्ञा साहेवको पुण्य स्मृति दिवस पारेर झन्डै ३ करोड रुपैयाँमा निर्मित भवनको बिहीबार उपप्रधानमन्त्री सिंहले समुद्घाटन गरेका हुन्।

बागमती प्रदेशका पूर्व संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको विशेष पहलमा बागमती प्रदेश सरकार, काठमाडौं महानगरपालिकाको सहयोग र सन्त तथा भक्तहरूको आर्थिक सहयोगमा निर्मित भवन आजबाट सञ्चालनमा आएको हो। अत्याधिक किसिमको भवन निर्माणका लागि बागमती प्रदेश सरकारले १ करोड २१ लाख ११ हजार, काठमाडौं महानगरपालिका वडा नम्बर १० को ७५ लाख र सन्त तथा भक्त समाजको ८१ लाख २१ हजार ११४ रुपैयाँ प्रयोग भएको छ।

कवीर सत्संग आश्रम ट्रष्ट नेपालको नवनिर्मित भवन समुद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीलगायतको उपस्थिति रहेको थियो।

उक्त भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने प्रकाश केसीको निधन भइसकेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ