जंगीअड्डामा जेनजेड प्रतिनिधिसँग छलफल, औपचारिक वार्ता भोलि


काठमाडौं– जेनजेड युवाको भ्रष्टाचारविरुद्धको आन्दोलनपछि उत्पन्न तनाव कम गर्न नेपाली सेनाले पहल थालेको छ। सेनाको समन्वयमा मध्यराति जंगीअड्डामा जेनजेड प्रतिनिधिहरूसँग छलफल भइरहेको सैनिक उच्च स्रोतले पुष्टि गरेको छ।

स्रोतका अनुसार विभिन्न समूहमा रहेका जेनजेड प्रतिनिधिले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेर आफ्ना माग राख्नेछन्। सेनाका एक उच्च अधिकृतका अनुसार यो औपचारिक वार्ता नभई प्रारम्भिक छलफल मात्र हो। औपचारिक वार्ता भने भोलि हुने अपेक्षा गरिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ