बालेनकाे समर्थनमा नेपालकाे पहिलाे महिला प्रधानमन्त्री


काठमाडौं । बालेन साहकाे समर्थनमा सुशीला कार्की नेपालकाे पहिलाे महिला प्रधानमन्त्री बन्ने निश्चित भएको छ । शीतल निवासमा मध्यरातमा भएको छलफल र सहमतिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको हाे ।

बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे ।

यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी रहेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : ##pm nepal, ##sushila karki

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ