आरजु ढलिन्, विकलहरू जेल गए तर बैरागी परराष्ट्रमन्त्री बन्ने खेलमा


काठमाडौं। सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले विस्तारको क्रममा रहेको छ। सोमबार मात्र अर्थ, गृह, कानुन, न्याय तथा संसदीय मामिला र ऊर्जा, जलस्रोत तथा सिंचाई, सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री तोकिसकेकी छन्।

अर्थमन्त्रीको जिम्मेवारी अर्थतन्त्रका विज्ञ रामेश्वर खनाललाई दिइएको छ। गृह र कानुनमन्त्रीको जिम्मेवारी कानुनविद् ओमप्रकाश अर्याललाई दिइएको छ। ऊर्जामन्त्री ऊर्जा कै विज्ञ कुलमान घिसिङ बनेका छन्। घिसिङलाई सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत कार्यभार तोकिएको छ।

जेन-जी आन्दोलनको बलमा बनेको कार्की मन्त्रिपरिषद्मा विज्ञहरूलाई जिम्मेवारी दिएर एउटा ‘म्यासेज’ दिन खोजिएको छ। तर, अहिले परराष्ट्रमन्त्रीमा विवादित पात्रले ‘इन्ट्री’ मार्न खोजेको विषय चर्चामा आएको हो। परराष्ट्र सचिव, मुख्य सचिव हुँदै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएका शंकरदास बैरागी खनाल परराष्ट्रमन्त्री बन्ने दौडधुपमा छन्।

निर्वतमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका विश्वासपात्र रहेर आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई रामराज्य चलाउन मतियारको भूमिका खेलेका बैरागी परराष्ट्रमन्त्री बन्ने चलखेलमा लागेपछि जेन-जी आन्दोलनका अभियन्ताहरू बिच्किन थालेका छन्। भ्रष्टाचार मुद्दा लागेका बैकुण्ठप्रसाद अर्याललाई मुख्यसचिवमा ठाउँ खाली गरेर राष्ट्रिय सुरक्षा सल्लाहकार बन्न पुगेका उनी भ्रष्टाचार विरोधी जेन-जी आन्दोलनको आडमा बनेको सरकारको परराष्ट्रमन्त्री बन्ने खेलमा लाग्नु आश्चर्यको विषय हो।

आगजनी भएको घरमा पैसाको थुप्रो देखिएकी आरजुको विश्वासपात्र भएर काम गरेका बैरागी उनैलाई विस्थापित गरेर बनेको सरकारको परराष्ट्रमन्त्री बन्न लागेकाे पाइन्छ। आरजु र विकसँग बार्गेनिङ गरेर बैरागीले सालीका छोरा प्रदिप शर्मा पौडेललाई राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक बनाएका थिए। बिलिङ सिस्टममा सेटिङ मिलाएर अर्याललाई मुख्यसचिव छाडेका आरजु भक्त बैरागी परराष्ट्रमन्त्री बन्ने दाउमा लागेका छन्।

जतिबेला पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेटिने बैरागीले परराष्ट्रमन्त्री बन्न विभिन्न च्यानल प्रयोग गर्न थालेको स्रोतले बतायो। आरजुले भारतका लागि राजदूत बनाउन प्रस्ताव गरेका बैरागी सुशिला मन्त्रिपरिषद्मा समेटिए भने भ्रष्टाचारविरुद्ध उठेको जेन-जी आन्दोलनको अवसान हुने खतरा देखिन्छ। जेन-जी आन्दोलनले ढलेकी आरजुका विश्वासपात्र बैरागीलाई परराष्ट्रमन्त्री बनाए जेन-जी आन्दोलन पनि ढल्ने अवस्था आउँछ। विकल जेल गएपनि उनलाई कसैले छुन सकेको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ