जेन-जी आन्दोलनमाथि दमन गर्ने काठमाडाैं प्रहरी प्रमुख हटाइए, सिडिओ जिम्मेवारीमै


काठमाडौं। जेन-जी पुस्ताको आन्दोलनमाथि बर्बरतापूर्वक दमन गर्ने काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारी जिम्मेवारीबाट हटाइएका छन्। अधिकारीलाई हटाएर जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापालाई ल्याइएको छ।

भदौ २३ गते काठमाडौंको बानेश्वरमा भएको जेन-जी आन्दोलनमाथि बर्बरतापूर्वक दमन गर्न भूमिका खेलेका एसएसपी अधिकारीलाई हटाइए पनि सिडिओ छविलाल रिजाल जिम्मेवारीमै रहेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रिजालको निर्देशनमा बानेश्वरमा भएको जेन-जी आन्दोलनमा प्रहरीले आन्दोलनकारीको टाउकोमा ताकीताकी गोली हानेको थियो। प्रहरीको २३ गते एकैदिन १९ जना जेन-जीले ज्यान गुमाएका थिए। २४ गतेको अवस्था आउनुमा २३ गतेको उक्त दमनले ठूलो भूमिका खेल्यो।

जेन-जीमाथि गोली हान्न आदेश दिने सिडिओ रिजालले जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट फोटो नै हटाएका थिए। ‘पब्लिक फेस’ गर्न नसकेका सिडिओ रिजाल अहिले जिम्मेवारीमै छन्। २४ गते नै काठमाडौंका सिडिओ र एसएसपीलाई तत्काल जिम्मेवारीबाट हटाउनु पर्ने थियो। तर, उनीहरूलाई जिम्मेवारीबाट नहटाउदा जनआक्रोश झनै चुलिएको छ। गृह मन्त्रालयले परस्थितिको सही आँकलन गर्न नसक्दा र सिडिओ र एसएसपीले उचित तरिकाले जिम्मेवारी निर्वाह गर्न नसक्दा ठूलो मूल्य चुकाउनु परेको छ। सरकारी/सार्वजनिक सम्पत्तिमाथि ठूलो क्षति भएको हो। एसएसपीलाई जस्तै सिडिओलाई पनि तत्काल जिम्मेवारीबाट छानबिनको दायरामा ल्याउन चौतर्फी आवाज उठिरहेको छ। यसमा गृह मन्त्रालयको ध्यानाकर्षण हुन जरूरी छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ