संगीता मिश्र स्वास्थ्य मन्त्री

काठमाडौं । अतिरिक्त स्वास्थ्य सचिव डा संगीता काैशल मिश्रलाई अन्तरिम सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाउने पक्का भएको छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार डा मिश्रले मन्त्री बन्ने निर्णय भएपछि अतिरिक्त सचिवको पदबाट राजीनामा समेत दिएकी छन्।
मिश्र लामो समयदेखि स्वास्थ्य प्रशासनमा कार्यरत रहेकी छन्। उनी स्वास्थ्य मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा कार्यरत थिइन्। तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सिनियरका आधारमा स्वास्थ्य सचिवमा नियुक्ति नगरेको भन्दै आफू अन्यायमा परेको धारणा व्यक्त गर्दै आएकी थिइन्। त्यसयता उनले मन्त्रालयभित्र खुलेरै असन्तुष्टि जनाउँदै आएकी थिइन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, “मिश्रले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्ने सहमति भएको छ, उनले राजीनामा दिइसकेकी छन्।” नयाँ मन्त्रीहरूको आजै शपथ ग्रहण हुनेछ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस