ओली, लेखक र रिजालविरूद्ध पक्राउ पूर्जी जारी गर्न माग

काठमाडौं। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजाललाई पक्राउ पूर्जी जारी गर्न माग गरिएको छ।जेन-जी अभियानमा जोडिएका डा. निकोलस भुसालले उनीहरूलाई पक्राउ गर्न सरकार समक्ष माग गरेका हुन्।
‘पूर्व प्रधानमन्त्री, गृहमन्त्री र सिडिओविरुद्ध आज पक्राऊ जारी गरियोस सरकार। नयाँ मन्त्रीमण्डलको काम चुस्त दुरुस्त अगाड़ी बढोस्। हामी सहयोग गर्न तयार छौं। यो चुनावी सरकार हैन, ७६ जना बलिदान र युवा तथा नागरिकको योगदानबाट बनेको हो।’, डा. भुसालले लेखेका छन्।
सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरिसकेको छ। उक्त आयोगले काम सुरू नगर्दै डा. भुसालले पूर्व प्रधानमन्त्री, गृहमन्त्री र सिडिओविरुद्ध पक्राउ पूर्जी जारी गर्न माग राखेका हुन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस