परराष्ट्र मन्त्रालयमा सहसचिवको ‘माछाबजार’ बनाएबापत आरजु दम्पतीलाई अस्पतालमै ‘पासपोर्ट डेलेभरी’

काठमाडौं। परराष्ट्र मन्त्रालयमा सहसचिवको ‘माछाबजार’ बनाएबापत आरजु दम्पतीलाई अस्पतालमै रातो ‘पासपोर्ट डेलेभरी’ गरेको खुलासा भएको छ। परराष्ट्र मन्त्रालयमा १५ वटा महाशाखा, हचुवाको भरमा दरबन्दी बढाउन महावाणिज्यदूतावास स्थापना गरेर आरजुले परराष्ट्रमा सहसचिवको बाढी ल्याएकी थिइन्। उक्त बाढीमा बगेर खरिदारबाट छिरेर बढुवाबाटै छोटो समयमा उपसचिव र नायब सुब्बाबाट छिरेको केही समयमै लोक बढुवाबाटै सहचिव बनेका छन्। परराष्ट्रमा सहसचिवको बाढी ल्याएर ‘माछाबजार’ बनाएबापत आरजु दम्पतीलाई अस्पतालमै रातो ‘पासपोर्ट डेलिभरी’ गरेको खुल्न आएको हो।
संविधान दिवस (सरकारी विदा)को दिन राहदानी विभागको टोली ‘मोबाइल किट’ बोकेर परराष्ट्रमा दरबन्दीको बाढी ल्याउने आरजु राणा देउवा र उनका श्रीमान् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई पासपोर्ट बनाएर हस्तान्तरण गरेको तथ्य खुल्न आएको छ। उक्त विषयमा परराष्ट्र मन्त्रालयभित्रै अहिले हलचल मच्चिएको हो।
मुलुक राष्ट्रिय विपत्तिमा परेका बेला आरजुले परराष्ट्रमा दरबबन्दीको बाढी ल्याइदिएकी थिइन्। उक्त बाढीमा बगेर छोटो समयमै उपसचिव र सहसचिव बन्न सफल कर्मचारी परराष्ट्र मन्त्रालय, राहदानी विभागको शाखा, महाशाखा भरिएका छन्। दरबन्दीको बाढीबाट थपिएका ५ वटा महाशाखा त त्रिपुरेश्वरको राहदानी विभाग बसेको भवनमै व्यवस्थापन गरिएको छ। उक्त स्वार्थी र लाभग्राही समूहले आरजु दम्पतीलाई अस्पतालको बेडमै कूटनीतिक राहदानी ‘डेलिभरी’ गरिदिएको हो। कूटनीतिक राहदानी बाहकलाई अनअराइभल भिसा प्राप्त हुने भएकाले चीन, थाइल्याण्ड, सिंगापुर जस्ता मुलुकका लागि भिसा लगाइरहनु पर्दैन। अनअराइभल भिसा भएको थाइल्याण्डमा प्रस्थान गर्न आरजु दम्पतीलाई अस्पतालको बेडमै रातो पासपोर्ट उपलब्ध गराएको पाइन्छ।
सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका आरोपितलाई भगाउने गरी परराष्ट्रका कर्मचारी नै मतियार बनेको पाइन्छ। परराष्ट्रका स्वार्थी र राज्यको ढुकुटीमा ‘लुट’ मच्चाउने समूहमाथि राज्यले छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ। अस्पतालमै रातो ‘पासपोर्ट डेलिभरी’ गर्ने र गर्न लगाउनेमाथि आवश्यक छानबिन गरेर कारबाहीको दायरामा ल्याउन जेन-जी सरकारले तत्काल कदम चाल्नुपर्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस