शिक्षामन्त्री पुनले शिक्षकलाई तत्काल तलब निकासा गर्न प्रधानाध्यापक र पालिकालाई गराए सचेत


काठमाडौं। शिक्षामन्त्री महावीर पुनले शिक्षकलाई तत्काल तलब निकासा गर्न प्रधानाध्यापक र पालिकालाई सचेत गराएका छन्।समाजिक सञ्जाल फेसबुक दुईवटा फरकफरक स्टाटस लेख्दै पुनले विद्यालय व्यवस्थापन समिति, प्राधानाध्यापक र पालिकालाई दसैँ तिहारको अवसरमा शिक्षकलाई तत्काल तलब निकासा गर्ने भनेका छन्। तलब निकासा नगर्ने प्राधानाध्यापक र पालिकालाई नियमानुसार कारबाही गर्ने पनि शिक्षामन्त्री पुनको चेतावनी छ।

शिक्षामन्त्री पुनले दसैँ र तिहारको अवसरमा विद्यालय व्यवस्थापन समिति र प्राधानाध्यापक तलब निकासा गरिदिएन भनेर गुनासो आएको भन्दै भोलिसम्म कुनै नाजायज र अन्यायपूर्ण र पालिका तलब निकासा तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकासा नगरेमा त्यस्ता विद्यालयका प्राधानाध्यापकलाई नियमानुसार कारबाही गरिने चेतावनी दिएका हुन्।

शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकिएको जानकारी दिँदै उनले तलब निकास नगर्ने पालिकालाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेका छन्।

शिक्षामन्त्री पुनको स्टाटसले गम्भीर प्रश्न खडा गरेको छ। विद्यालय व्यवस्थापन समिति र प्राधानाध्यापकले नभइ पालिकाले शिक्षकको तलबमा मनोमानी गर्दै आएका छन्। पालिकाहरूले शिक्षकको तलबमा खेल्ने गरेको पाइन्छ। यी विषयहरू छानबिनको दायरामा आउनु पर्ने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ