ओली निवासमा आक्रमणको हल्लापछि सुदनको अपिल: ‘हिंसा होइन, शान्ति चाहिन्छ’

काठमाडौँ। हामी नेपालका अध्यक्ष सुदन गुरुङले जेन-जी पुस्तालाई हिंसा छोडेर संयमता अपनाउन आग्रह गरेका छन्। शनिबार सामाजिक सञ्जालमार्फत् उनले एक्स्पोज झोले ट्रेन्डजस्ता गतिविधिहरूले सकारात्मक आन्दोलनलाई हानि पुर्याउने चेतावनी दिएका हुन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आक्रमण गर्ने भनिएको टिकटक ट्रेन्डको सन्दर्भमा गुरुङले युवालाई सडकमा अराजकता फैलाउन होइन, निर्वाचनमार्फत परिवर्तन ल्याउन प्रेरित गरे।
गुरुङले भने, “हाम्रो आन्दोलन आशाको हो, घृणाको होइन। निर्माणको हो, विनाशको होइन।” यसैबीच अध्यक्ष ओलीले भक्तपुरमा आयोजित कार्यक्रममा सरकारले सुरक्षा हटाउन खोजेको भन्दै आफ्नो गुनासो व्यक्त गरेका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस