यी हुन् जेन-जी क्लिनिक सञ्चालन हुने अस्पतालहरू

काठमाडौं। जेन-जी आन्दोलनमा घाइतेहरूलाई लक्षित गरेर अस्पतालहरूमा जेन-जी क्लिनिक सञ्चालन ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनमा घाइते भएकाहरूलाई लक्षित गरेर काठमाडौं उपत्यकाभित्र र बाहिरका अस्पतालहरूमा जेन-जी क्लिनिक सञ्चालनमा ल्याइएको हो।
काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जेन-जी क्लिनिक स्थापना गरी उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
त्यस्तै काठमाडौं उपत्यका बाहिर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल, वीरगञ्ज, गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, भरतपुर अस्पताल, चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, डडेलधुरा अस्पताल र गेटा अस्पतालमा जेन-जी क्लिनिक सञ्चालनमा ल्याइएको हो।
जेन-जी आन्दोलनका घाइते भएका व्यक्तिहरूलाई अस्पपतालमा आवातजावत गर्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था मिलाउन समेत ति अस्पतालहरूलाई निर्देशन दिइएको छ।
जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको पहिचान एवं सहज र प्रभावकारी उपचारको व्यवस्थाका लागि गृह मन्त्रालय सहायता कक्ष स्थापना गरेर परिचयपत्र वितरण गरिने गृह मन्त्रालयले जनाएको छ। उक्त परिचयपत्र भएका घाइते भएका व्यक्तिहरूलाई पुन: चेकअपका लागि एम्बुलेन्समार्फत निःशुल्क आवातजावतको व्यवस्था मिलाइएको हो।
जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारका सम्बन्धमामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हटलाइन १११५ मार्फत सहजीकरणको व्यवस्था मिलाउने भएको छ। आन्दोलनमा पाइले भएका व्यक्तिहरूको वर्गीकरणका लागि उपचारमा संलग्न अस्पातालको विषय विज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालले कार्य प्रारम्भ गर्ने गृह मन्त्रालयले जनाएको छ। जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारका लागि गृह मन्त्रालय तदरूकता देखाएको छ। सम्पर्क व्यक्ति समेत तोकेर गृह मन्त्रालय जेन-जी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको उपचारका लागि सक्रिय बनेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस