ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का

काठमाडौं। गृह मन्त्रालयले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी(पासपोर्ट) रोक्का राखेको छ। जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले राख्न सिफारिस गरेको थियो। उक्त सिफारिस बमोजिम गृह मन्त्रालयले ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का राख्ने निर्णय गरेको हो।
आयोगले ओली र लेखकसहित हाल योजना आयोगका कार्यरत सचिव (तत्कालीन गृहसचिव) गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको थियो। उनीहरूको पासपोर्ट रोक्का भएको छ। उनीहरूलाई आयोगको स्वीकृति नलिइ उपत्यका छाड्न पनि प्रतिबन्ध लगाइएको हो।
पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित जाँचबुझ आयोगले ओलीसहित पाँच जनाको पासपोर्टमाथि एक्सन लिएको हो। आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिनलाई तीव्रता दिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस