जेन-जी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुख राईसहित सबै आयुक्तको राजीनामा माग


काठमाडौं। जेन-जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईसहित सबै आयुक्तको राजीनामा मागेको छ। अलायन्सको नेतृत्वमा जेनजी युवाहरु अख्तियार कार्यालय पुगेर उनीहरूको लिखित रूपमै राजीनामा मागिएको हो।

जेन-जी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य पूरा गर्न अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको निवेदनमा उल्लेख छ।

‘अख्तियारका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइ विना गरेको थियो, जसले निष्पक्षतामा गम्भीर प्रश्न उठाउँछ।’ राजीनामाका लागि दबाब दिइएको पत्रमा भनिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ