दोहोऱ्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजी बने ठाकुर, १ महिनामै बाहिरिए मैनाली


काठमाडौं। गजेन्द्रकुमार ठाकुर दोहोऱ्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक (डिजी) बनेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अर्थ मन्त्रालय भित्रिनेवित्तिकै ठाकुर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजी बन्न सफल भएका छन्। २०७७ फागुन २१ गतेदेखि २०७८ असोज १ गतेसम्म साढे ६ महिना बढी उक्त विभागको नेतृत्व गरेका ठाकुर घुम्दै फिर्दै ‘रूम्जाटार’ पुगेका छन्।

भदौं १९ गते मात्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजी बनेर गएका कृष्णप्रसाद मैनाली एक महिनामै आउट भएका छन्। छोटो समयमै मैनालीलाई आउट गरेर ठाकुर दोस्रो पटक विभागमा ‘इन्ट्री’ मारेका हुन्। उपसचिव र सहसचिवमै मधेशी कोटाबाट आएका ठाकुर विभागमा पनि दोहोऱ्याएर पुगेका छन्। उनी आकर्षक कार्यालयको कमाण्ड पाउने कर्मचारीमा पर्छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ