अख्तियारले हिरासतमा लिने सुइको पाएपछि राजकुमार र रञ्जिता लापत्ता!

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीद्वय राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठलाई भ्रष्टाचार मुद्दा दायर गर्नु अघि हिरासतमा लिने प्रयास गरेको खुल्न आएको छ। पोखराको लिचिबारीको जग्गा हडप्न बिचौलियासँग घूस डिल र लेनदेन गरेको अभियोगमा अनुसन्धान गरिरहेको अख्तियारले उनीहरूलाई हिरासतमा लिने प्रयास गरेको बुझिएको हो।
प्रमुख आयुक्त प्रेमकुमार राईको निर्देशनमा हिरासतमा लिएर विशेष अदालतले मुद्दासँगै उनीहरूलाई पेस गर्ने तयारी थियो। तर, नागरिकता र देश छाड्ने घोषणा गरेका राजकुमारले मोबाइल नै अफ गरेर लापत्ता भएपछि अख्तियारको रणनीति असफल भएको पाइन्छ।
अख्तियारले तत्कालीन संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, बिचौलिया सुजन लामासहित ७ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको हो। उक्त मुद्दामा दुई पूर्वमन्त्रीलाई नियन्त्रणमा लिएर मुद्दा पेस गर्ने सूचना चुहिएपछि अख्तियारको मिसन फेल खाएको छ।
अख्तियारले पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठलाई मुद्दा चलाउने दसैँ अगाडि नै निर्णय गरेको थियो। जेन-जी आन्दोलनका कारण विशेष अदालतमा क्षति पुगेपछि दसैँ अघि मुद्दा दायर गर्न सम्भव भएन। दसैँ विदा सकिएलगत्तै अख्तियारले लिचिबारीको जग्गा हडप्न बिचौलियासँग घूस डिल र लेनदेन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस