गृहको जगेडामा सहसचिव घट्दै 


काठमाडौं। गृह मन्त्रालयको जगेडामा सहसचिवको संख्या घट्दो अवस्थामा रहेको छ। गृह मन्त्रालयको जगेडामा रहेका सहसचिव किरण थापा सोमबारबाट अनिवार्य अवकाशमा गएसँगै अहिले गृहको जगेडामा दुई सहसचिव बाँकी रहेका छन्।

केही दिन अघि मात्र गृहको जगेडामा रहेका सहसचिव बाबुराम गौतम बागमती प्रदेशतिर पुगेका छन्। गृहको बरण्डामा रहेका सहसचिवद्वय छविलाल रिजाल र तिर्थराज भट्टराई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा पुगिसकेका छन्। अहिले गृहको जगेडामा रहेका सहसचिव नरबहादुर थापा छठ मनाएलगत्तै घर जाने सूचीमा रहेका छन्। बासुदेव घिमिरे मात्र सिडिओको आशामा गृहको जगेडामा धर्ना दिएर बसिरहेका छन्।

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख जयनारायण आचार्य पर्यटनतिर पुगेसँगै सामान्य प्रशासन मन्त्रालयबाट कालीप्रसाद पराजुली गृह प्रवेश गरेका छन्। काठमाडौंको सिडिओ चलाएर खारिएका कालीलाई प्रशासन वा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनाउँदा उपयुक्त हुने देखिन्छ। गृह मन्त्रालयको प्रशासन र सुरक्षा तथा समन्वय महाशाखा प्रमुख निकै संवेदनशील मानिन्छन्। ती महाशाखा प्रमुखमा काठमाडौं वा मोरङ जिल्लाको कमाण्ड सम्हालिसकेको सहसचिव राख्ने गृह मन्त्रालयको ‘ट्रेण्ड’ थियो। गृहमा गोविन्दप्रसाद रिजाल, प्रेमप्रसाद भट्टराईहरू जस्ता ती जिल्ला चलाएका सहसचिव पनि नभएका होइनन्। तर, गृहमा जथाभावी जिम्मेवारी दिँदा सुरक्षा व्यवस्थापनमा भागाभाग हुने स्थिति देखा परेको छ।भक्तपुर, रुपन्देही, पर्सालगायतका जिल्लामा त्यस्तै अवस्था आएको गृहमा चर्चा छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ