सुशासनलाई चुनौती दिँदै मुख्यसचिव अर्यालले छोरी डा. अस्मितालाई नेपाल एयरलाइन्समा खुवाए जागिर

काठमाडौं। मुख्यसचिव एकनारायण अर्याल कहिले पञ्चेबाजा त कहिले ‘कुलिङ अफ पिरियड’ काण्डमा विवादित बन्दै आएका छन्। पछिल्लो समय छोरी डा. अस्मिता अर्याललाई नेपाल एयरलाइन्समा जागिर खुवाएपछि उनको सुशासनको नाराले हावा खाएको छ।

विभिन्न विवादमा मुछिएका नेपाल बायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग सौदाबाजी गरेर छोरीलाई जागिर खुवाएको तथ्य फेला परेपछि मुख्यसचिव अर्याल आफै विवादमा परेका छन्। छोरीलाई मासिक १ लाख तलब दिनेगरी नेपाल एयरलाइन्समा करारको जागिर दिएपछि अधिकारीलाई जोगाउन भूमिका खेलेको मुख्यसचिव अर्यालमाथि ‘चार्ज’ लागेको छ। मुख्यसचिव हुनेबित्तिकै नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा काम गर्ने छोरीलाई अर्यालले नेपाल एयरलाइन्समा जागिर खुवाएको पाइन्छ। पछिल्लो समय एकैपटक २ वर्षका लागि करार अवधि थप गरिएको छ। यसमा मुख्यसचिव अर्यालको ‘पावर’ले काम गरेको देखिन्छ।
मुख्यसचिवले शक्तिको दुरुपयोग गरेर छोरीलाई जागिर खुवाउने र विवादित अधिकारीलाई जोगाउने गरेको तथ्य सार्वजनिक भएपछि जेन-जी अभियान्ताहरू जागेका छन्। उनले व्यक्तिगत स्वार्थका लागि के सम्म गर्छन् भन्ने यो ज्वलन्त उदाहरण भएको टिप्पणी हुन थालेको छ। मुख्यसचिवको राजीनामा माग्दै जेन-जी कर्मचारी समेत आन्दोलनको तयारीमा जुटेका छन्।
ट्याग : #डा. अस्मिता अर्याल
तपाईको प्रतिक्रिया दिनुहोस