खगेन्द्र सुनार मन्त्रीमा सिफारिस भएपछि डाक्टर कुटेको ‘केस’ले ततायो सञ्जाल 


काठमाडौं। दलित अभियान्ता खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस भएपछि चर्चामा आएका छन्। उनी श्रममन्त्रीको सपथ नखाँदै डाक्टर कुटेको ‘केस’ले निकै चर्चामा आएका हुन्।

प्रस्तावित श्रममन्त्री सुनारले सुर्खेतको गुर्भाकोट मेहलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटालाई कुटेको ‘केस’ले समाजिक सञ्जाल तताएको छ। सुर्खेत जिल्ला अदालतले स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा सुनारविरूद्ध २०८१ असारमा जारी गरेको पक्राउ पूर्जीले अहिले सामाजिक सञ्जाल तताएको हो।

 

सुर्खेत जिल्ला अदालतले जिल्ला दैलेख नारायण नगरपालिका वडा नम्बर २ भैसेखोर बस्ने डिलबहादुर सुनारको नाति, कमानसिंह सुनारको छोरा वर्ष ३१ को खगेन्द्र सुनारविरुद्ध पक्राउ पूर्जी जारी गरेको पाइन्छ। अदालतले जिल्ला प्रहरी कार्यालय दैलेखलाई सुनारलाई पक्राउ गर्न पटकपटक ताकेता गरेको पत्रबाट देखिन्छ। यो विषयमा सरकारले भने कुनै प्रतिक्रया दिएको छैन।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ