पर्यटन विभागको महानिर्देशक बने रामकृष्ण लामिछाने


काठमाडौं। सहसचिवका लागि आकर्षक मानिने पर्यटन विभागको महानिर्देशकको जिम्मेवारी रामकृष्ण लामिछानेलाई दिइएको छ। विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरूवा भएपछि रिक्त स्थानमा लामिछानेलाई पठाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीले लामिछानेलाई पर्यटन विभागको महानिर्देशक बनाएकी हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रशासन तथा योजना महाशाखा एवं प्रवक्ताको जिम्मेवारीमा रहेका लामिछाने विभागको नयाँ महानिर्देशक बनेका हुन्। २०७९ साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेका कास्की लामिछाने, वै कार्यालय ताहचलको प्रमुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महाशाखा प्रमुख भएर काम गरिसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ