‘जीपीम्यान’को नयाँ कार्यसमिति चयन, अध्यक्षतामा डा. विश्वराज दवाडी
काठमाडौं । आगामी तीन वर्षका लागि जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एसोसिएशन अफ नेपाल (जीपीम्यान) को नयाँ कार्यसमिति चयन भएको छ । डा. विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत रूपमा निर्वाचित भएको हाे ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष डा. सुरेश प्रसाद नेपाल, उपाध्यक्ष डा. तीर्थ मान श्रेष्ठ, महासचिव डा. विकास गौचन, सह–सचिव डा. सन्तोष बास्तोला, कोषाध्यक्ष डा. सञ्जय कुमार गुप्ता र सह–कोषाध्यक्ष डा. आरती शाह रहेका छन्।
त्यस्तै सदस्यमा डा. ऐषणा जोशी, डा. दयाराम लम्साल, डा. दिपेन्द्र तिमिल्सिना र डा. राजीवराज थपलिया सर्वसम्मत चयन भएका छन्।
निर्वाचन समितिले नयाँ पदाधिकारीहरूलाई बधाई दिंदै संस्थाको एकता, पेशागत उन्नति र आपतकालीन स्वास्थ्य सेवामा प्रभावकारी नेतृत्व गर्ने विश्वास व्यक्त गरेको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस