बर्दिया पुगेका सिडिओ हमाल ‘पिर्के सलामी’मा रमाउँदै


काठमाडौं। मुलुक जानियाँ राणा शासन, पञ्चायती व्यवस्था, राजतन्त्र सबै हटेर लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरिसकेको छ। तर, शासन-प्रशासकहरूको सामान्ति सोच अझै हटेको छैन। गृह मन्त्रालयको जगेडाबाट बर्दियाको सिडिओ भएर गएका गोगनकुमार हमाल सामान्ति शैलीमा ‘पिर्के सलामी’मा रमाइरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा प्रहरीबाट कुटाइ खाएर मैदान छाडेर हिँडेका हमालले त्यसको बदलामा ‘पिर्के सलामी’ लिएका हुन्।

कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुँदा जेलको द्वन्द्व व्यवस्थापन गर्न नसकेर गृह मन्त्रालय तानिएका हमाल सिडिओ स्वाद चाल पाइसकेकाले ‘जेन-जी’ सरकारको आर्शिवादमा बर्दियाको सिडिओ बन्न सफल भए। उनले बर्दिया जानेबित्तिकै ‘जेन-जी’ पुस्तालाई गिज्याउँदै ‘पिर्के सलामी’मा मस्त देखिन्छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ