अरुले जान मानेनन्, समूह मिलेकाले नाइ भन्न सकिन: पण्डित
काठमाडौं । हालै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट व्यवस्थापन महाशाखामा सरुवा भएका निर्देशक केशवराज पण्डितले आफू सरुवा हुनु पछाडिको कारणबारे स्पष्ट पारेका छन्। उनका अनुसार, सो महाशाखामा अरु कर्मचारी जान इच्छुक नभएपछि सेवा समूहकै जिम्मेवारीका कारण आफूले नाइ भन्न नसकेको बताएका हुन्।
“हाम्रो सेवा समूह हो। अरु कोही नजाने, जिम्मेवारीमा रहेका डा. पवनजंग रायमाझी पनि निस्कने भएपछि, आफ्नै समूहमा ‘म जान्न’ भन्ने कुरा नैतिक रूपमा पनि मिल्दैन,” पण्डितले भने। उनका अनुसार व्यवस्थापन महाशाखा ‘हेइ’ समूहअन्तर्गत पर्छ, र त्यही सेवाका कर्मचारीका रूपमा आफूले जिम्मेवारी स्वीकार गर्नुपरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यवस्थापन महाशाखा भित्रका दर्जनौँ कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि यो महाशाखा काेही जान चाहेका छैनन् । लगातारको मुद्दा, छानबिन र परिचालनको दबाबकै कारण धेरै कर्मचारी उक्त जिम्मेवारी लिन हिचकिचाइरहेका बेला पण्डितले सरुवा स्वीकृत गरेका हुन्।
स्वास्थ्य प्रणालीको महत्वपूर्ण शाखा मानिने व्यवस्थापन महाशाखामा अब पण्डितले आन्तरिक प्रशासन, खरीद, logistic व्यवस्थापन र सञ्चालनसम्बन्धी कामलाई कसरी अघि बढाउछन् धेरैले चासोका साथ हेरेका छन् । उनले पनि ‘चुनौती भए पनि समूहगत जिम्मेवारीलाई प्राथमिकता दिने’ बताउँदै कार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस