लागू औषध नियन्त्रण विभाग गठन घोषणामै सीमित


काठमाडौं गत असार १२ गते अन्तर्राष्ट्रिय लागू औषध विरुद्ध दिवसको अवसरमा तत्कालीन गृह मन्त्री रमेश लेखकले आर्थिक वर्षभित्र लागू औषध नियन्त्रण विभाग गठन गरिने घोषणा गरेका थिए। बढ्दो लागू औषध दुव्र्यसन राज्यको आवश्यकतालाई मध्यनजर गर्दै विभाग गठन गर्ने निर्णयमा मन्त्री पुगेका थिए। तर, अहिले सम्म पनि सरकार विभाग गठनको तयारीमा जुटेको छैन।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले अनुसार, मन्त्रीले घोषणा गरे पनि काम अघि बढेको छैन।विभिन्न परिस्थितिले गर्दा विभाग गठन हुन सकेको छैन,” काफ्लेले भने, “आवश्यकता सबैले महसुस गरेकै हो। सायद अब विस्तारै अघि बढ्छ।

गृह मन्त्रालयका सहसचिव काली पराजुलीको नेतृत्वमा संगठन संरचनाको विषयमा अध्ययन गर्न समिति गठन गरिएको छ।उक्त समितिबाट लागू औषध नियन्त्रण विभागको प्रस्ताव पनि आउने अपेक्षा गरेका छौं,” काफ्लेले थपे।सरकारको नीति तथा कार्यक्रममा समेत विभाग गठनको कुरा पर्दै आएकाले यसलाई बाइपास गर्ने पक्षमा हामी छैनौं,” उनले स्पष्ट पारे।

देशभर फैलिँदै गएको लागू औषध दुव्र्यसन रोकथामका लागि सरकारले शाखाबाट विभागमा लैजाने गरी नयाँ संरचनाको तयारी थालेको हो।
देशभर लागू औषधको सञ्जाल फैलिएकाले यसलाई व्यवस्थापन गर्न छुट्टै सशक्त निकाय आवश्यक भइसकेको विभिन्न संघसंस्थाले औंल्याउँदै आएका छन्। लागू औषधका कारण पछिल्लो समय सडक दुर्घटना, आत्महत्या, यौन हिंसा, साइबर अपराधजस्ता गतिविधिसम्म बढ्न थालेका छन्।

गृह मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार, हाल नेपालमा लागू औषध दुव्र्यसनमा फसेका व्यक्तिको संख्यालाख ३० हजारभन्दा बढी पुगेको छ। तीमध्ये अधिकांश १५ देखि ३० वर्ष उमेर समूहका छन्। अध्ययन अनुसार, लागू औषध सेवन सुरु गर्ने धेरैजसोले २० वर्ष नपुग्दै लत लागेको पाइएको छ। दुव्र्यसनीमध्ये झण्डै दुई तिहाइले विद्यालय वा कलेज पढ्न छाडिसकेका छन् भने पछिल्लो समय महिला प्रयोगकर्ताको संख्या पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ