रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. न्यौपाने


काठमाडौं । लामो समय जिम्मेवारीविहीन बनेका डा. रोशन न्यौपानेले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी पाएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार न्यौपानेलाई महाशाखाकाे निर्देशकका रूपमा कामकाज गर्नेगरी अधिकार दिएको छ ।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको स्वार्थका कारण न्यौपाने एक वर्षसम्म जिम्मेवारीविहीन बनेका थिए ।

स्वास्थ्य क्षेत्रमा स्वच्छ छविका कर्मचारीका रूपमा चिनिएका न्यौपाने मन्त्री र व्यापारीको चलखेलमा परेर एक वर्षभन्दा बढी समय जिम्मेवारीविहीन भएर बस्नुपरेको थियो । उक्त महाशाखाका पूर्वनिर्देशक डा. चन्द्रभाल झा कोशी अस्पताल, विराटनगरमा सरुवा भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ